सुनीता बराल अनेरास्ववियू अध्यक्ष चयन, वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने

काठमाडौं २ असोज । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूमा नयाँ नेतृत्व चयन भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा शनिबार भएको केन्द्रीय सचिवालय बैठकबाट बराल अध्यक्षमा चयन भएकी हुन्।

त्यस्तै संगठनको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछानेले जिम्मेवारी पाएका छन्।

सचिवालय बैठकले यो संगठनको उपाध्यक्षमा कल्पना वाइवालाई चयन गरेको छ। संगठनको महासचिवमा समिक बडाल आएका छन्।

वरिष्ठ उपाध्यक्ष लामिछानेका अनुसार संगठनको सम्मेलन आगामी चैतमा हुने भएको छ। यसअघि नबीना लामा संघीय सांसद भएपछि अध्यक्ष बनेका ऐन महरले विद्यार्थी संगठनबाट बिदा लिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here