एमाले पुरानै व्यवस्थामा फर्कियो, अध्यक्षसहित सबै पदाधिकारी निर्वाचित हुने

फाइलफोटो

काठमाडौं, ३ असोज । एमाले पुरानै व्यवस्थामा फर्किएको छ । अघिल्लो निर्णयको पार्टीभित्रै आलोचना भएपछि एमाले पुरानै व्यवस्थामा फर्किएको हो ।

पुरानै व्यवस्थामा फर्किएसँगै अध्यक्षसहित सबै पदाधिकारी निर्वाचित हुनेछ । यसअघि अध्यक्ष निर्वाचित हुने र बाँकी पदाधिकारी अध्यक्षले मनोनीत गर्ने निर्णय एमालेले गरेको थियो ।

आइतबार सुरु भएको स्थायी कमिटी बैठकमा संगठन विभागले तयार पारेको विधानको मस्यौदा प्रस्तुत गरिएको छ ।

सदस्यहरूले अध्ययन गरेपछि विधान मस्यौदा स्थायी कमिटीबाट पारित हुने एमालेले जनाएको छ । एमालेले कार्यकारी पदमा निर्वाचित हुन ७० वर्षे उमेरहदको व्यवस्था पनि कायमै राख्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here