ह्वाट्सएप एकैपटक चारवटा डिभाइसमा चलाउन मिल्ने

काठमाडौं । फेसबुक स्वामित्वको म्यासेज शेयरिङ प्लेटफर्म ह्वाट्सएप चारवटा डिभाइसमा चलाउन सकिने भएको छ ।

चारवटा डिभाइससम्ममा एकैपटक ह्वाट्सएप चलाउन मिल्ने फिचरको बेटा भर्सन सुरु गरिएको हो । जुन चाडैँ विश्वभरका प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने ह्वाट्सएपले जनाएको छ । ह्वाट्सएपका प्रयोगकर्ताले यो फिचर वेब, डेस्कटप र पोर्टलको लागि प्रयोग गर्न सक्नेछन् ।

मोबाइल, कम्युटर, ल्यापटपजस्ता चारवटा डिभाइसमा ह्वाट्सएप कनेक्ट गरी प्रयोग गर्ने सुविधा दिए पनि अर्को फोन भने कनेक्ट गर्न नमिल्ने जनाइएको छ ।

अन्य डिभाइसमा ह्वाट्सएपमा कनेक्ट भएपछि मेन मोबाइलमा इन्टरनेट नभए पनि प्रयोग गर्न सकिनेछ । तर, मेन उपकरणलाई १४ भन्दा बढी दिनसम्म नेटमा कनेक्ट गरिएको छैन भने लिङ्क गरिएका उपकरणहरू पनि स्वचालित रूपबाट लगआउट हुनेछन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here