कार्यान्वयन नहुँदै ट्रायलमा आफ्नो सवारी प्रयोग गर्न पाउने व्यवस्था संशोधन, यस्तो छ कार्यविधि

काठमाडौं, ६ असोज । यातायात व्यवस्था विभागले आफ्नै सवारीबाट प्रयोगात्मक परीक्षा (ट्रायल) दिन पाउने गरी ल्याएको व्यवस्था कार्यान्वयन नहुँदै हटाएको छ।

ट्रायल सेन्टरमा थोत्रा सवारी राखेर परीक्षार्थीहरुबाट चर्को रकम असुल गरिरहेका व्यवसायीहरुको दबाबपछि कार्यविधि संसोधन गरेको स्रोतले जनाएको छ ।

यातायात व्यवस्था विभागले साउनबाट लागु हुने गरी २०७७ चैत १९ गते जारी गरेको ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मा आफ्नो सवारीबाटै प्रयोगात्मक परीक्षा दिन सकिने व्यवस्था थियो ।

विभागले सो कार्यविधि गत भदौमा पुनः संसोधन गरेर यो व्यवस्था हटाएको हो। अब परीक्षार्थीले ट्रायल सेन्टरकै सवारी चलाउनु पर्नेछ।

संशोधित निर्देशिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here