युट्युवको भिडियो अब डेस्कटपबाट पनि डाउनलोड गर्न मिल्ने

काठमाडौं । अब डेस्कटपबाट पनि युट्युवको भिडियो डाउनलोड गर्न मिल्ने भएको छ ।

युट्युवका प्रिमियम मेम्बर्सहरूले डेस्कटपबाट पनि भिडियो डाउनलोड गर्न सकिने सुविधा पाएको युटुबको परीक्षण पेजमा उल्लेख गरिएको छ । परीक्षणमा रहेको नयाँ फिचर अक्टोबर १९ सम्म जारी रहने जनाइएको छ । प्रयोगकर्ताले ब्राउजरबाट भिडयो डाउनलोड गर्न सक्छन् ।

यसका लागि ब्राउजिङको समयमा भिडियोको तलतर्फ रहेको तीन थोप्ला भएको बटनमा वा डाउनलोड लेखिएकोमा क्लिक गर्न सकिन्छ ।

यो फिचर राम्रो किसिमका एन्ड्रोइड फोनमा यसअघिदेखि नै उपलब्ध रहेको छ भने नयाँ भर्जनको क्रोम, एज र ओपेरा ब्राउजरमा मात्र यो फिचर उपलब्ध भएको जनाइएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here