विदेशी पर्यटकलाई अनअराइभल भिसा खुल्यो, यी सर्त मान्नु पर्ने

काठमाडौं, ७ असोज । सरकारले विदेशी पर्यटकलाई अनअराइभल भिसा खुल्ला गरेको छ ।

संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालयले बिहीबार ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश’ जारी गर्दै भिसा खुला गरेको हो ।

कोरोना संक्रमणको कारण रोक लगाएको भिसा खुल्ला भएसँगै अब अध्यागमन विन्दुमै भिसा दिने भएको छ । तर, त्यसका लागि पर्यटकले तोकिएका सर्त भने पालना गर्नुपर्ने छ ।

कोभिड-१९ विरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, हवाई उडानका लागि चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड परीक्षणको रिपोर्ट नेगेटिभको भएको प्रमाण आभारमा भिसा दिनेछ ।

त्यस्तै पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सोसम्बन्धी अनुमतिको प्रतिलिपी र नेपालमा होटल बुक गरेको प्रमाणका आधारमा अनअराइभल भिसा दिनेछ ।

नेपाल सरकारले विदेशी नागरिकको नेपालमा पुन: अध्यागमन प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्न सक्ने छ । यसरी गरिने परीक्षणमा कोरोना पोजेटिभ देखिएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको आइसोलेसन वा अस्पतालमा बस्नुपर्ने छ ।

अध्यागमन विन्दुमा यस्तो परीक्षण नभएमा भने यात्रुले होटेलमा बसी त्यस्तो परीक्षण वा पीसीआर परीक्षण गर्नुपर्नेछ । यसको नतिजा नेगेटिभ आएपछि भने गन्तव्यमा जान दिइने छ । त्यस्तै सरकारले सीसीएमसीको फारम पनि अनिवार्य भर्नुपर्ने नियम तोकेको छ ।

वैदेशिक रोजगारीमा गएका तर, सम्बन्धित मुलुकले फिर्ता गरेका, विदेशबाट डिर्पोट भएका वा बेखर्ची अवस्थामा स्वदेश फर्किएका नेपालीले भने कोभिड १९ खोप पुरा गरेको अवस्थामा र ७२ घण्टा भित्रको पीसीआर परीक्षणका आधारमा घर जान पाउने छन् ।

यस्तो छ ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here