लाइन बस्ने झञ्झट किन ? यसरी लिनुहोस अनलाइनबाटै दशैंमा घर जान बसको टिकट

जितेन्द्र खनाल

काठमाडौं, ८ असोज । दशैंको माहोल विस्तारै बढ्दो क्रममा छ । दशै आउन तीनसाता बाँकी रहेपछि आफ्नो थातथलोमा भेला हुने र रमाइलो गर्न मानिसहरु राजधानी छाड्दैछन्।

काठमाडौंबाट छुट्ने गाडीमा यात्रुको चाप बढ्नेदेखि बजारमा किनमेल गर्नेको चापपनि उस्तै छ । यस पटकको दशैंमा कम्तीमा पनि १० लाखले राजधानी छोड्ने अनुमान गरिएको छ ।

यातायात व्यवस्था विभागले दशैंको लागि अग्रिम टिकट बुकिङ असोज ११ देखि खोल्ने निर्णय गरि सकेको छ ।

यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र गाडी चलाउन समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अग्रिम टिकट बुकिङ खोल्नुपर्ने बताउँदै आएका थिए ।

तर टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेपनि महासंघले भाडा समायोजनको विषयमा संघीय सरकारले निर्णय गरेको तर कतिपय प्रदेश सरकारले अझै भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गर्न माग गरेको छ ।

सङ्घीय सरकारले पछिल्लो पटक गत असार २७ गते भाडादर समायोजन गरेको थियो । त्यसै आधारमा सबै प्रदेश सरकारले र स्थानीय तहले भाडा समायोजन गर्नुपर्नेमा अझै गरिसकेका छैनन् ।

अनलाइनबाटै लिनुहोस दशैमा घर जाने बसको टिकट

निषेधाज्ञा खुलेपनि कोरोनाको त्रास भने जारी नै छ । दैनिक १ हजारको हाराहारीमा नयाँ संक्रमित थपिरहेका छन् ।

यस्तोमा भिडभाडमा गएर टिकट काट्दा झनै संक्रमण फैलिने त्रास हुन्छ । तपाईंलाई थाहाँ छ भिडभाडमा नगइ अनलाइनबाट दशैंको लागि टिकट दिन सकिन्छ ।

बिगत ८ वर्षबाट सञ्चालनमा रहेको ‘बससेवा डट कम’ ले यात्रुहरुको लागि अनलाइनबाटै बसको टिकट लिन सकिने सेवा प्रदान गर्दै आएको छ ।

यसरी गर्न सकिन्छ अनलाइन बुकिङ्ग

अनलाइन टिकट बुकिङ्ग गर्नको लागि गुगलमा ‘बससेवा डटकम’ https://bussewa.com सर्च गरेपछि बससेवाको होम पेजमा विभिन्न स्थानहरु देखाउँछ ।

जसमध्येबाट आफूले जान चाहेका स्थान क्लिक गरेपछि कुन दिन जाने भन्ने अप्सन आउँछ उक्त स्थानमा आफू जाने दिन राख्नुपर्छ ।

त्यहाँ उपलब्ध फोन नम्बरहरुमा फोन गरेर पनि टिकट बुकिङ्ग गर्न सकिने बससेवाले बताएको छ ।

७० भन्दा धेरै स्थानमा अनलाइन बुकिङ्ग सेवा

बससेवा डटकमका अनुसार नेपालदेखि भरतसम्मका ७० भन्दा धेरैस्थानमा अनलाइनबाटै टिकट बुकिङ्ग गर्न सकिने व्यवस्था रहेको छ ।

काकडभिट्टा, बिरगन्ज, दिल्ली, भद्रपुर, गौर, बुटवल, बिर्तामोड, हेटौडा, भैरहवा, बुधबारे, चितवन, सुनौली, बनियानी, गोरखा, लुम्बिनी, पशुपती नगर, लमजुंग, तौलिहवा, तेह्रथुम, भुलभुले, कृस्णनगर, ईलाम, बेशीसहर, पाल्पा, मंगलबारे, मन्थली, सिन्धुली, गुल्मी, फिक्कल, रामेछाप, सिमलटारी, दमक, अर्घाखाँची, इटहरीको लागि अनलाइनबाटै टिकट बुकिङ्ग गर्न सकिने व्यवस्था रहेको छ ।

त्यस्तै सोलु, परासी, लेटाङ्ग, हलेसी, महेशपुर, धरान, दिक्तेल, दाङ, बिराटनगर, ओखलढुंगा, तुल्सीपुर, कटारी, लालबन्दी, नेपालगन्ज, कल्यानपुर, बर्दिबास, कोहलपुर, गाईघाट, मलङ्वा, सुर्खेत, लहान, सर्लाही, दैलेख, मिर्चैया, भक्तिपुर, मनकामना, राजबिराज, त्रिभुवन नगर, सौराहा, जनकपुर, सिराहा, पोखरा, जलेश्वर, ईटहरा, सौठा, नयाँपुल, जटही, जिरी खिम्ती, गौरिगंज, गौरादह, बसन्तपुर, सिधुवा, धनकुटा, हिले आदी स्थानहरुमा जानको लागि अनलाइनबाटै टिकट कट्न सकिने व्यवस्था रहेको छ । उपलब्ध छन् ।

साथै हाल उपलब्ध नभएका स्थानहरुमा पनि निकट भविष्यमा सेवा दिने योजना रहेको बससेवाले बताएको छ । अन्य समयमा पनि दैनिक १५०० जनाले बससेवाबाट यात्रा गर्ने गरेका छन् । काठमाडौंदेखि नेपालगञ्जसम्मको टिकट अनलाइन बुकिङ्ग गर्दा १५ प्रतिशत क्यासब्याक अफर समेत रहेको बससेवा डटकमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here