कामना सेवाको ‘के.एस डिजी’ डिजिटल वालेट सेवा सञ्चालनमा

काठमाडौं, ८ असोज । कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के.एस. डिजी (डिजिटल वालेट) सेवा संचालनमा ल्याएकाे छ । कामनाले याे सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा ल्याएको हाे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको सुभारम्भ गरेका थिए ।

यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाहरुले पनि घरमै बसी झन्झटरहित तरिकाले मात्र केहि कागजातहरु अपलोड गरी केएस डिजि वालेट खोल्न सक्नेछन् ।

यस डिजिटल वालेट खोल्न एपमा फेस रिकग्निसन गर्नसक्ने आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग भएको छ । साथै, अकाउन्ट ओपनिङ्ग, लोन एप्लिकेसन, इन्टर अपोरेबल क्युआर, एमक्यास लगायतका बैकिङ्ग सेवा तथा सुविधाहरु रहेका छन् ।

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ७६ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here