थप १४७६ जनामा कोरोना पुष्टी, १५५० जना संक्रमण मुक्त

काठमाडौं, ८ असोज । पछिल्लो २४ घण्टामा देशभर १४७६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५७५ पीसीआर परीक्षण गर्दा ११०३ जना र ५११५ एन्टिजेन परीक्षण गर्दा ३७३ गरी १४७६ जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८९ हजार ८७२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १५५० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ५८ हजार ५०४ पुगेको छ । संक्रिय संक्रमितको संख्या २० हजार २८७ रहेको छ ।

पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here