आइएमई डबलको डबलको डबल अफरका विजेता घोषित, केशब र विशाललाई दोब्बर लाभ

काठमाडौं, १० असोज । आइएमईले दसैँमा डबलको डबलको डबल अफर अन्तर्गत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ । ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राही द्वय क्रमशः केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएका हुन् ।

विजेताहरुले संयुक्त अरव इमिरेट्स (युएई) र कतारबाट अफर अवधिमा क्रमशः ४१ हजार ५०७ र ४८ हजार २० नेपालमा रहेका आफन्तलाई पठाएका थिए । आइएमईले निजको सिफारिसमा विजेताका निकटका आफन्तलाई ८३ हजार १४ र ९६ हजार ४० उपहार स्वरूप प्रदान गर्ने जनाएको छ ।

आइएमईले सार्वजनिक गरेको चाडपर्व लक्षित डबलको डबलको डबल अफर असोज १ देखि कार्तिक २६ सम्म कूल ५७ दिनका लागि अहिले संचालनमा रहि आएको छ ।

अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजार भन्दा बढी एजेन्टहरू वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता २ जनालाई पठाएको रकमको डबल, हरेक महिना २ जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ । साथै आइएमई पेमा रकम प्राप्त गर्दा २०० थप बोनसको व्यवस्था पनि मिलाइएको कम्पनीले जनाएको छ ।

विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ । आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउनुहुने छैन ।

सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा रहेका आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here