रेनोको ‘शुभ कार–रम्भ’ योजना सुरु

काठमाडौं । नेपालमा रेनो गाडीहरुको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले विशेष चाड योजना ‘रेनोशुभ कार–रम्भ’ को सुरुवात गरेको छ।

यो योजना दसैँ–तिहार २०७८ को अवसरमा थुपै्र पाइने फाइदाको साथ आएको दावी गरिएको छ।

रेनो गाडीको खरिदमा ग्राहकहरुले नगद ३ लाख रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

ग्राहकहरु यस योजनाअन्तर्गत सजिलो फाइनान्स, १ वर्षको निःशुल्क सडक कर, २ वर्षको लागि निःशुल्क सर्भिसिङ र ५ वर्षसम्म वारेन्टी जस्ता सेवासुविधाबाट लाभान्वित हुने उसले बताएको छ।

यी आकर्षक अफरहरु ग्राहकको खुसीका महत्वपूर्ण पलहरु हुने छन् भन्ने कम्पनीले विश्वास लिएको छ। ‘यसले एकातिर ग्राहकहरुलाई उत्कृष्ट लाभ प्रदान गर्दछ भने अर्कोतिर ग्राहकहरुले आफ्ना हरेक दिनलाई नयाँ रेनो कारहरुका साथ अद्भूत बनाउन सक्दछन्’, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो उत्सवको मौसममा रेनो कारको खरिदका साथ ग्राहकहरुले आनन्दप्राप्त गर्न सक्नुहुनेछ र सदा समृद्धिसँंग आफ्नो जीवनशैलीलाई सजाउन सक्नुहुनेछ।’

कम्पनीका अनुसार यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विड जस्ता रेनोका सबै भेरियन्टका गाडीहरुमा उपलब्ध रहने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here