दुई महिनामै साढे ८ अर्बको तरकारी आयात, मूल्य भने बढेको बढै

जितेन्द्र खनाल

काठमाडौं, ११ असोज । चालू आर्थिक वर्षको दुई महिनामा झण्डै साढे ८ अर्बको हरियो तरकारी आयात भएको छ ।

भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार साउन र भदौ महिनामा मात्रै ८ अर्ब ३६ करोड ३९ लाख रुपैयाँको हरियो तरकारी आयात भएको छ ।

जसमा सबैभन्दा धेरै तरकारी छिमेकी देश भारतबाट आयात भएको छ ।

मासिक अर्बौैं रकमको तरकारी आयात भएतापनि नेपाली बजारमा हरियो तरकारीको मूल्य भने बढेको बढै रहेको छ ।

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांक अनुसार गएको १५ दिनमा सबैभन्दा धेरै मूल्यवृद्धि जिरीको सागमा भएको छ ।

यी हुन् मूल्यवृद्धि धेरै भएका ७ तरकारी

जिरीको साग

गएको १५ दिनमा जिरीको सागको मूल्य प्रतिकेजी ४०० रुपैयाँ बढेको छ ।

गत भदौ २८ गते प्रतिकेजी २०० रुपैयाँ रहेको जिरीको सागको मूल्य असोज ११ गते आइपुग्दा ४०० रुपैयाँ बढेर प्रतिकेजी ६०० रुपैयाँ कायम भएको छ ।

हरियो लसुन

गएको १८ दिनमा हरियो लसुनको मूल्य प्रतिकजी ८० रुपैयाँ बढेको छ ।

गत भदौ २८ गते प्रतिकेजी ३०० रुपैयाँ रहेको हरियो लसुनको मूल्य असोज ११ गते आइपुग्दा ० रुपैयाँ बढेर प्रतिकेजी ३८० रुपैयाँ कायम भएको छ ।

हरियो धनियाँ

पछिल्लो १६ दिनमा हरियो धनियाँको मूल्य प्रतिकेजी ५० रुपैयाँ बढेको छ ।

गत भदौ २८ गते प्रतिकेजी ३५० रुपैयाँ रहेको हरियो धनियाँको मूल्य असोज ११ गते आइपुग्दा ५० रुपैयाँ बढेर प्रतिकेजी ४०० रुपैयाँ कायम भएको छ ।

बोडी

पछिल्लो १५ दिनमा बोडीको मूल्य प्रतिकेजी ३० रुपैयाँ बढेको छ ।

गत भदौ २८ गते प्रतिकेजी ९० रुपैयाँ रहेको बोडीको मूल्य असोज गते आइपुग्दा ३० रुपैयाँ बढेर प्रतिकेजी १२० रुपैयाँ कायम भएको छ ।

घिउ सिमी

गएको १५ दिनमा घिउ सिमीको मूल्य प्रतिकेजी ३० रुपैयाँ बढेको छ ।

गत भदौ २८ गते प्रतिकेजी १०० रुपैयाँ रहेको घिउ सिमीको मूल्य असोज ११ गते आइपुग्दा ३० रुपैयाँ बढेर प्रतिकेजी १३० रुपैयाँ कायम भएको छ ।

हरियो प्याज

पछिल्लो १५ दिनमा हरियो प्याजको मूल्य प्रतिकेजी २० रुपैयाँ बढेको छ ।

गत भदौ २८ गते प्रतिकेजी १८० रुपैयाँ रहेको हरियो प्याजको मूल्य असोज ११ गते आइपुग्दा २० रुपैयाँ बढेर प्रतिकेजी २०० रुपैयाँ कायम भएको छ ।

परवल

पछिल्लो १५ दिनमा परवलको मूल्य प्रतिकेजी ३० रुपैयाँ बढेको छ ।

गत भदौ २८ गते प्रतिकेजी ८० रुपैयाँ रहेको परवलको मूल्य भदौ असोज ११ गते आइपुग्दा ३० रुपैयाँ बढेर प्रतिकेजी ११० रुपैयाँ कायम भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको दुई महिनामा पाँच अर्ब ३० करोड रुपैयाँको फलफूल आयात भएको छ ।

विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा नेपालमा ३८ अर्ब रुपैयाँको हरियो तरकारी आयात भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here