आइएमई पेको दशैं अफर, हवाई टिकट खरिदमा ५० प्रतिशत क्यासव्याक

काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्धित ‘आइएमई पे’ को दशैँको झट्का स्कीम सार्वजनिक गरिएको छ ।

याे अफर असोज ११ गतेदेखि १४ गतेसम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागु गरिएको छ । यस स्किम अन्तर्गत आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५०% सम्म क्यास ब्याकको व्यवस्था मिलाइएको छ ।

क्यास ब्याकको सीमा २ हजार रूपैयाँसम्मको रहेको छ भने यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध गराइनेछ ।

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिकास नाहाटाले हवाई टिकट ‘आइएमई पे’ को भुक्तानी सेवासँगै तीन दिनको लागि ५०% क्यास ब्याकको योजना पनि सुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताएका छन् ।

यो स्किम आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा ल्याइएको हो र सदाझैँ यो स्किममा पनि नियम र सर्तहरु लागु हुनेछन् । सबै प्रयोगकर्ताहरु आइएमई पे को माध्यमबाट हवाई टिकट खरिद मा फ्लैश बिक्री क्यासब्याक को लागि योग्य छन् ।

आइएमई पे प्रयोगकर्ताले हवाई टिकट खरीद गरेको २४ घण्टा भित्र क्यास ब्याक प्राप्त गर्नेछन् । यो स्किममा आईएमई पे पंजीकृत मोबाइल नम्बर मात्र सहभागिताको लागि योग्य हुनेछन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here