कुमारी बैंकको लाभांश घोषणा

काठमाडौं, १२ असोज । कुमारी बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

असोज ११ गते बसेको संचालक समितिको बैठकले बैंकको चुक्तापुँजीको ६ प्रतिशत बोनस र कर प्रयोजनसहित २.६७ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

बैंकको हालको चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको छ ।
बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

बैंकले साधारणसभा र बुक क्लोजको मिति भने तोकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here