शेयर बजार लगातार तेस्रो दिन राताम्मे, ५ कम्पनीमा नेगेटिभ सर्किट

काठमाडौं, १२ असोज । साताको तेस्रो कारोबार दिन आजपनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ७०.०१ अंकले घटेर २६१५.४० अंकमा झरेको छ । यो सोमबारको तुलनामा २.६१ प्रतिशत कम हो ।

मंगलबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स ११.४२ अंकले घटेर ४९४.९१ अंकमा झरेको छ ।

आज सबै समुहको सूचक राताम्मे रह्यो । मंगलबार सबैभन्दा धेरै फाइनान्स समुहको सूचक ७.३७ प्रतिशत घट्यो । त्यस्तै, हाइड्रोपावर समुहको ४.७४ प्रतिशत, इन्भेष्टमेन्टको ३.९४ प्रतिशत घट्यो ।

मंगलबार कारोबारमा भने केही सुधार भएको छ । सोमबार ५ अर्ब १२ करोड रुपैयाँको कारोबार भएकोमा आज २१८ कम्पनीको १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

आज दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ र ५ कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लाग्यो । पोजेटिभ सर्किट लाग्नेमा मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युत रहेको छ । मनकामना स्मार्टको शेयर मूल्य १० प्रतिशत बढ्यो भने मैलुङ खोलाको ९.९९ प्रतिशत बढ्यो ।

त्यस्तै, नेगेटिभ सर्किट लाग्ने मध्ये नेपाल हाइड्रो डेभलपर्स, हिमालयन पावर पार्टनरको शेयर मूल्य १० प्रतिशत घट्यो भने गोखार्ज फाइनान्सको ९.९९ प्रतिशत, जोशी हाइड्रोपावरको ९.८८ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको ९.८२ प्रतिशत घट्यो ।

मंगलबार सबैभन्दा धेरै कारोबार कुमारी बैंकले गर्यो । बैंकले १८ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here