आइपीओ जारी गर्दै रिज लाइन इनर्जी, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । रिज लाइन इनर्जीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) का लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

मंगलबार नियुक्तिसम्बन्धी सम्झौता गरेको कम्पनीले गोरखा जिल्लाको अजिरकोट– २ मा अवस्थित चेपे नदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीले अधिकृत तथा जारी पुँजी ६९ करोड ४२ लाख ९० हजारको ३० प्रतिशतले हुन आउने २० करोड ८२ लाख ८७ हजार रुपैयाँबराबरको २० लाख ८२ हजार आठ सय ७० कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।