थप ११५८ जनामा कोरोना पुष्टी, १२ जना संक्रमितको निधन

काठमाडौं, १२ असोज । पछिल्लो २४ घण्टामा देशभर ११५८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २३३१ एन्टिजेन परीक्षण गर्दा २५४ गरी ११५८ जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९३ हजार २७१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३१८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६३ हजार ७३४ पुगेको छ । संक्रिय संक्रमितको संख्या १८ हजार ४२२ रहेको छ ।

पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ११५पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here