काठमाडौं, १३ असोज । बुधबार कारोबार सुरु भएसंगै मूल्य घटेपछि मनकामना स्मार्ट लघुवित्तको शेयर बेच्नेको लर्को लागेको छ ।
१२ बजेसम्म कम्पनीको शेयर मूल्य ६३ रुपैयाँ घटेर प्रतिकित्ता १६९० रुपैयाँमा झरेको छ ।
अहिलेसम्म १ हजार ६३४ करोबारबाट कम्पनीको २१ हजार कित्ता शेयर किनबेच भएको छ ।
१२ः०० बजेसम्म नेप्से परिसूचक ४.७७ अंकले घटेर २६१०.५९ अंकमा झर्दा १ अर्ब ७२ करोडको कारोबार भएको छ ।