माथिल्लो आँखुखोलामा ५ बैंकको साढे ५ अर्ब लगानी, ४ वर्षमा ३८ मेगावाट बिजुली

काठमाडौं, १३ असोज । आँखुखोला हाइड्रो प्रालिद्धारा प्रवद्धित माथिल्लो आँखुखोला जलविद्युत आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा अन्य ४ बैंकले ऋण लगानी गर्ने भएका छन् ।

सो आयोजनामा सिटिजन्स बैँक इन्टरनेसनलको अगुवाईमा नेपाल एसबीआई बैंक लि, नेपाल बङ्गलादेश बैंक लि, मेगा बैंक नेपाल लिर सिभिल बैँक लि लगानी गर्ने भएका हुन् ।

धादिङ्ग आँखुखोला हाइड्रोले निर्माण गर्न लागेको ३८ मेगावाटको माथिल्लो आँखुखोला जलविद्युत आयोजनालाई लगानी जुटेको छ ।

एक कार्यक्रमबीच आयोजना र ऋण लगानीगर्ने बैंकहरुबीच वित्तीय व्यवस्थापनको लागि सम्झौता भएको हो ।
आयोजनाको अनुमानित लागत ७ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।

बैंकहरुले ७५ प्रतिशत ५ अर्ब ५० करोड रुपैयाँ ऋण र बाँकी २५ प्रतिशत स्वपुँजी (इक्विटी) बाट लगानी जुटाइएको छ । आयोजना धादिङ्ग जिल्लाको रुवीभ्याली गाँउपालिका तथा खनियाबास गाँउपालिकामा निर्माण हुनेछ ।

आयोजनाको निर्माण आगामी ४ वर्षमा सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको नुवाकोटस्थित त्रिशुली ३ बी हव सबस्टेशनमा जोडिने छ ।

कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६ करोड ६७ लाख र वर्खामा १५ करोड २४ लाख ३८ हजार गरी वार्षिक २१ करोड ९१ लाख ३८ युनिट उत्पादन हुनेछ ।

आयोजनाको निर्माण आगामी चार वर्ष भित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । जसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पूरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।

निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको नुवाकोट जिल्लामा स्थित त्रिशुली ३ बी हव सबस्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६.७०० गिगावाट घन्टा र वर्खामा १५२.४३८ गिगावाट गरी वार्षिक २१९.१३८ गिगावाट घन्टा खुद विद्युत उत्पादन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here