शेयर बजारको कमब्याक, नेप्से ५० अंकले बढ्दा ५ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, १३ असोज । लगातार तीन दिन राताम्मे रहेको शेयर बजारले बुधबार कमब्याक गरेको छ । आज नेप्से परिसूचक ५०.५८ अंकले बढेर २६६५.९४ अंकमा पुगेको छ ।

बुधबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज इन्डेक्स ८.५८ अंकले बढेर ५०३.४६ अंकमा पुगेको छ ।

आज सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै फाइनान्स समुहको बढ्यो । फाइनान्सको सूचक ४.८७ प्रतिशत बढ्यो । त्यस्तै, ४.२२ प्रतिशत बढ्यो ।

बुधबार कारोबार रकममा भने कमी आएको छ । आज २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २ करोड रुपयाँको कारोबार भयो ।

आज ५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लागेका मध्ये अपी पावर र ग्रीन विकास बैंकको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको ९.९३ प्रतिशत, यूनाईटेड मार्दीको ९.६४ प्रतिशत र कलिका पावरको ९.५० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा मेगा बैंकका शेयर धनी छन् । बैंकको शेयर मूल्य ३.९२ प्रतिशत घट्यो ।

बुधबार सबैभन्दा धेरै कारोबार अपी पावर कम्पनीले गर्यो । कम्पनीले २२ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here