थप ११५७ जनामा कोरोना पुष्टी, १११३ जना संक्रमण मुक्त

काठमाडौं, १३ असोज । पछिल्लो २४ घण्टामा देशभर ११५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षण गर्दा ८९२ जना र ३८८९ एन्टिजेन परीक्षण गर्दा २६५ गरी ११५७ जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९४ हजार १६३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १११३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६४ हजार ८४७ पुगेको छ । संक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ ।

पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here