सिभिल लघुवित्तको लाभांश घोषणा

काठमाडौं, १४ असोज । सिभिल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

सिभिलले हाल कायम २४ करोड २१ लाख २१ हजार रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here