इन्भेष्टमेन्ट बैंकको सहकार्यमा मोकोबाट स्क्यान टु पेको शुरुवात

काठमाडौं, १४ असोज । फोकसवान पेमेन्ट सोलुसन र भिसाले पहिलो पटक नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा ‘मोको’ बाट स्क्यान टु पे को नेपालमा सुरुवात गरेको छ ।

फोकसवान पेमेन्ट सोलुसन, नेपाल राष्ट्र बैंकद्वारा लाईसेन्स प्राप्त एक भुक्तानी सेवा प्रदायक संस्था हो । जसले आफ्नो मोबाइल डिजिटल वालेट ‘मोको’ आजबाट शुरू गरेको छ।

डिजिटल भुक्तानीमा विश्वव्यापी प्रख्यात भिसासँग साझेदारी गरेर ‘मोको’ डिजिटल वालेट अनलाइन भुक्तानीमा एक नयाँ परिवर्तन हो ।

जहाँ प्रयोगकर्ताहरु सजिलै आफ्नो फोनमा भिसा कार्ड विवरण लिंक गर्न सक्छन् र एक मर्चेन्टमा प्रदर्शित क्युआर कोड स्क्यान गरेर लेनदेनको लागी भुक्तानी शुरू गर्न सक्छन्।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका भिसा कार्ड प्रयोगकर्ताहरुले अब ‘मोको’ एपमा आफ्नो डेबिट वा क्रेडिट कार्डहरु लिंक गरी खरीद तथा विभिन्न सेवाहरु जस्तैस् टेलिकम टप अप, इन्टरनेट र बिजुलीको बिल भुक्तानीको लागि प्रयोग गर्न सक्नेछन् । यो सेवा लिन डिजिटल वालेटमा ग्राहकले पटक पटक ब्यालेन्स लोड गरी रहन पर्दैन ।

हरेक समय ‘मोको’ प्रयोगकर्ताहरुले लेनदेनको समयमा अपलोड गरीएको भिसा कार्ड बीच कुनै पनि कार्ड छनौट गर्न सक्छन्।

मोको प्रयोगकर्ताहरुले किनमेल को समयमा एपमा अपलोड गरिएको कुनै पनि भिसा कार्ड भुक्तानीका लागि छनौट गर्न सक्छन् ।

अन्तरक्रिय सिस्टम युक्त मोको धेरै बैंक कार्डहरुको लागि एकल डिजिटल एक एकल वालेटको रूपमा कार्य गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here