बालोन डी‘ओरको घोषणा नोभेम्बर २९ मा

काठमाडौं । कोरोना संक्रमणको कारण सन् २०२० मा फुटबलको सर्वाधिक प्रतिष्ठित अवार्ड बालोन डी‘ओरको घोषणा भएन ।

अब, २०२१ मा भने यो अवार्ड प्रदान गरिने फ्रान्स फुटबल महासङ्घले जनाइसकेको छ । विश्वकै उत्कृष्ट पुरुष फुटबलरलाई प्रदान गरिने यो अवार्ड नोभेम्बर २९ मा फ्रान्सको राजधानी पेरिसस्थित क्याटलेट थिएटरमा एक समारोहबीच प्रदान गरिनेछ ।

विश्वका एक सय ८० पत्रकारहरूको भोटमार्फत एक उत्कृष्ट चयन हुनेछन् । त्यसअघि अक्टोबर ८ मा ३० जनाको सूची प्रकाशित गरिनेछ ।

सन् २०१९ मा भने अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले उक्त अवार्ड जितेका थिए । मेस्सी सर्वाधिक धेरै बालोन डी‘ओर जित्ने खेलाडीसमेत हुन् । उनले ६ पटक उक्त अवार्ड जितेका छन् ।

त्यसपछि पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आउँछन् । उनले पाँच पटक जितेका छन् । यसपटक पनि उनीहरूको दाबेदारिता छ ।

हालै सार्वजनिक बालोन डी‘ओरको र्‍याङ्किङमा उक्त अवार्डको नयाँ वरीयता सोमबार सार्वजनिक भएको छ । नयाँ वरीयतामा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्ट्राइकर मेस्सी सबैभन्दा अगाडि छन् ।

अर्जेन्टिनाको सिनियर टिमबाट पहिलो पटक उपाधि जितेका मेस्सीलाई यसपटक बालोन डी‘ओरको प्रबल दाबेदारका रूपमा हेरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here