बुद्धभूमिको आइपीओमा मागभन्दा ३६.१८ गुणा बढी आवेदन, कतिले भरे ?

काठमाडौं, १४ असोज । बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओमा आवेदनको ओइरो लागेको छ ।

बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार आवेदन दिने अन्तिम दिन बिहीवार साँझ ५ बजेसम्ममा २१ लाख ४२ हजार जना आवेदकबाट २ करोड ६९ लाख २० हजार १२० कित्ताका लागि आवेदन परेको हो ।

यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ३६.१८ गुणा बढी हो । अन्तिमदिन भएकाले यकिन तथ्यांक नआइसकेकाले यो संख्या बढ्न सक्नेछ । बुद्धभूमि नेपाल हाइड्रोपावरले असोज ११ गतेबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर विक्रीमा ल्याएको हो । पहिलो चरणमा यसअघि नै आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीयलाई ४ लाख कित्ता आइपीओ जारी गरिसकेको छ ।

कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीले हाल नुवाकोटमा ४.९९ मेगावाटको तल्लो ताँदी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here