काठमाडौं जिल्ला प्रशासनले भन्यो-‘सभा सम्मेलन गर्न रोक लगाएको छैन्’

काठमाडौं, १५ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमालेको महाधिवेशनलाई लक्षित गरेर आदेश जारी नगरिएको स्पष्ट पारेको छ ।

बिहीबारको सूचनामा सभा सम्मेलन गर्न रोक लगाएको विषयमा प्रशासनको चर्को आलोचना भएपछि आज पुनः एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

सरकारले संविधान, प्रचलित कानुन र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको छ।

नेकपा एमालेको विधान महाधिवेशनको पूर्वसन्ध्यामा प्रशासनले सभा सम्मेलन नगर्न आग्रह गर्दै आदेश जारी गरेको थियो । एमालेले आफूहरुको कार्यक्रमलाई प्रभावित पार्ने गरी उक्त सूचना जारी गरिएको भन्दै आपत्ति जनाएको थियो ।

शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले हिजोको आदेशको बुँदा नम्बर १ लाई लिएर सार्वजनिक रुपमा जारी भइरहेका अभिव्यक्तिबारे ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा कोरोनाको जोखिम कायमै रहेकाले सरकारको निर्णय बमोजिम सभा सम्मेलन, भेला, जात्रा, पर्व, मेला स्वास्थ्यका मापदण्ड लागू गरेर गर्न प्रतिबन्ध नगरिएको स्पष्ट पारिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here