‘अफगानिस्ताका बाछिटा दक्षिण एसियमा देखिन सक्छ, अमेरिकी हस्तक्षेप स्वीकार्य छैन्’

काठमाडौं, १५ असोज । नेकपा एमाले अध्यक्ष केपी ओलीले भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने बताएका छन्।

गोदावरीमा जारी विधान महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अफगानिस्तानका बाछिटा दक्षिण एसियामा देखिन सक्ने बताएका हुन्।

ओलीले अमेरिकी गठबन्धन २० वर्षपछि अफगानिस्तानबाट हटे भन्दै त्यसको बाछिटा दक्षिण एसियामा देखिन सक्ने बताए ।

‘अमेरिकी गठबन्धन २० वर्षपछि अफगानिस्तानबाट हटेको छ । यसले जुनसुकै बहानामा गरिने हस्तक्षेप अस्वीकार्य छ भन्ने देखाएको छ’, उनले भने, ‘अफगानिस्ताका बाछिटा दक्षिण एसियमा देखिन सक्छ । तर नेपाल अहस्तक्षेप, असंलग्न नीतिमा विश्वास गर्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक रणनीतिले पनि क्षेत्रीय शान्तिलाई असर गर्न सक्ने बताए ।

ओलीले भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने बताए । ‘हामी भारतसँगको असमझदारी कुटनीतिक माध्यमबाट समाधान गर्न चाहन्छौं।

भारतले अनावश्यक आन्तरिक मामिलमा चासो राख्नु हुँदैन,’उनले भने,’ कुनै पनि बहानामा पनि विदेशी हस्तक्षेप स्वीकार्य हुँदैन।’ सम्बोधनका क्रममा उनले नेपालको समस्या नेपालीले नै समाधान गर्नुपर्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here