एमाले विधान महाधिवेशनको अध्यक्ष मण्डलबाट भीम रावल ‘आउट’ !

काठमाडौं, १५ असोज । नेकपा एमालेको विधान महाधिवेशनको लागि अध्यक्ष मण्डल चयन भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा गरिएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्यहरू रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेको अध्यक्ष मण्डल गठन गरिएको छ ।

अध्यक्ष मण्डलमा उपाध्यक्ष भीम रावल भने अटाएनन् । सुदूरपश्चिम प्रदेशको ईञ्चार्जको जिम्मेवारी नपाएपछि असन्तुष्ट रहेका रावल विधान महाधिवेशनको अध्यक्ष मण्डलमा समटिएका छैनन् ।

महाधिवेशनमा प्रस्तुत हुने बहस नोट गर्नका लागि पनि समिति बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here