मागदाबी नपुगेको ठहर गर्दै अवहेलनामा मुद्दामा चार पूर्वप्रधानन्यायाधीशलाई सफाइ

काठमाडौं, १५ असोज । सर्वोच्च अदालतले चार जना पूर्वप्रधानन्यायाधीशहरुलाई अवहेलना मुद्दामा सफाई दिएको छ ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको इजलासले पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई अवहेलना मुद्दामा सफाई दिने फैसला गरेको हो ।

अधिवक्ताहरूद्वय लोचन भट्टराई र धनजित बस्नेतले दर्ता गरेको छुट्टाछुट्टै मुद्दाको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले मागदावी नपुगेको ठहर गरेको हो ।

भट्टराई र बस्नेतले चार पूर्वप्रधानन्यायाधीशले अदालतको अवहेलना गरेको दाबी गर्दै मुद्दा दर्ता गरेका थिए ।

२०७७ पुस ५ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि चार पूर्वप्रधानन्यायाधीशले त्यसलाई असंवैधानिक भनेपछि उनीहरूविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता भएको थियो ।

सोही मुद्दामा चार पूर्वप्रधानन्यायाधीले फागुन ३ गते सर्वोच्चको अवहेलना नगरेको र प्रतिनिधिसभा विघटन गर्नु गैरसवैधानिक भएको दाबीसहितको लिखित जवाफ पेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here