आरम्भ चौतारी लघुवित्तको सीइओमा शर्मा

काठमाडौं, १५ असोज । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् ।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

संचालक समितिका अध्यक्ष जगत बहादुर पोखरेलले नव नियुक्त सिइओ शर्मालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

निर्धन उत्थान बैंक लि.बाट शाखा प्रमुखको रुपमा कार्य शुरु गरेका शर्माले मिर्मिरे लघुवित्त, सनराईज बैंक, एन आई सि एसिया बैंकमा विभिन्न विभागका साथै एनआईसी एशिया लघुवित्तमा स्थापनाकालदेखि सीइओको भूमिका रहेका थिए ।

हाल संस्थाले ७ प्रदेश ५२ जिल्ला १३७ वटा शाखा कार्यालय मार्फत ८७ हजार सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरेको छ । संस्थाले ४८ हजार ऋणी मार्फत ४ अर्ब ७८ करोड कर्जा लगानी र १ अर्व ३६ करोड निक्षेप संकलन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here