थप १०६६ जनामा कोरोना पुष्टी, १३ जना संक्रमितको निधन

काठमाडौं, १५ असोज । पछिल्लो २४ घण्टामा देशभर १०६६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ११३ पीसीआर परीक्षण गर्दा ८९८ जना र ३२५५ एन्टिजेन परीक्षण गर्दा १६८ गरी १०६६ जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९५ हजार ९५९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९३८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६६हजार ६९६ पुगेको छ । संक्रिय संक्रमितको संख्या १८ हजार ११५ रहेको छ ।

पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here