साहस उर्जाको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौं, १७ असोज । साहस उर्जा लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ ।

धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाडौं लाजिम्पाटस्थित कार्यालयमा आइतबार बिहान ९ बजे एक कार्यक्रमबीच साहस उर्जाको आईपीओ बाँडफाँड गरिएको हो । मागभन्दा बढी आवेदन परेकोले यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो ।

गत असोज ६ गतेदेखि १० गतेसम्म साहस उर्जाको १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता साधारण सेयर बिक्री खुला गरिएको थियो । कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको तथा ३ प्रतिशतले हुने २ लाख १० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ ।

बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए ।

एनआईबिएल एस क्यापिटलका अनुसार यो आईपीओमा कुल २३ लाख ९५ हजार ४५६ आवेदन परेको थियो । जसमध्ये २३ लाख ८३ हजार ४६० आवेदन सदर भएका छन् ।

सदर आवेदनमार्फत कुल ३ करोड १३ लाख ६१ हजार २३० कित्ता सेयर माग भएको छ ।

कुल आवेदनमध्ये ११ हजार ९९६ आवेदन बदर भएको छ । यी आवेदनमार्फत १ लाख ७९ हजार ७७० कित्ता सेयर माग भएको थियो ।

कुल दर आवेदकमध्ये गोलाप्रथाबाट भाग्यमानी ६ लाख ४४ हजार आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् भने १७ लाख ३९ हजार ४६० आवेदकको हात खाली भएको छ ।

साहस उर्जाको आईपीओ बाँडफाँड गरिए पनि सर्वसाधारणले अन्तिम नतिजा (रिजल्ट) भने केही घन्टापछि मात्र हेर्न सक्ने एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

आईपीओको अन्तिम नतिजा सीडीएससीको https://iporesult.cdsc.com.np र एनआईबिएल एस क्यापिटलको https://result.niblcapital.com/#/ipo-result बाट हेर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here