सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १९ असोज । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा मंगलबार ५०० रुपैयाँ बढेर प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला ८९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएन । मंगलबार चाँदी प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here