भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन देशका वैज्ञानिकलाई

काठमाडौं । यस वर्ष भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ।

मंगलबार रोयल स्वीडिस एकेडेमी साइन्सका महासचिव गोरान हन्सनले अमेरिकाका स्युकुरो मानाबे, जर्मनीका क्लाउस हासलमान र इटालीका जिओरजिओ पारिसीलाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन्।

रोयल स्वीडिस एकेडेमी साइन्सका अनुसार सुकोरो र क्लाउसले गरेको वातावारणमा कार्बनडाइअक्साइड बढ्दै जादा पृथ्वीको साथको तापक्रम कसरी बढ्दै जान्छ भन्ने अध्ययनका नोबेल पुरस्कार दिइएको छ ।

त्यस्तै परिसीलाई आणविकदेखि आकाशीय पिण्डसम्मको भौतिक प्रणाली बारेको अध्ययनका लागि नोबेल पुरस्कार दिने घोषणा गरिएको हो ।

यसअघि सोमबार चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार डेभिड जुलियस र अर्डम पाटापोटियनलाई संयुक्तरुपमा प्रदान गरिएको छ । स्नायु प्रणालीले तापक्रम र स्पर्श थाहा पाउँछ भन्ने कुरा पत्ता लगाएका जुलियस र् पाटापोटियनलाई नोबेल पुरस्कार दिइएको छ ।

नोबेल पुरस्कार पाएका जुलियस अमेरिकी नागरिक हुन् भने पाटापोउटियन लेबनानका नागरिक हुन् ।

अब बुधबार रशायनशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा गरिदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here