चाडबाडका बेला मापसे चेकजाँचलाई बिस्तार, सबै नाकाहरुमा कडाइ गरेका प्रहरीको दाबी

फाइलफोटो

काठमाडौं २८, असोज । चाडबाडका बेला प्रहरीले मादक पदार्थ सेवन (मापसे) चेकजाँचलाई बिस्तार गरेको र थप कडा पारेको छ ।

दुर्घटना हुने प्रमुख कारण मध्ये मदिरा सेवन एक भएकाले खपत बढ्ने चाडबाडका बेला काठमाडौं भित्रिने र बाहिरिने चारवटै नाकामा चेकजाँचलाई कडा पारिएको ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।
प्रहरीका अनुसार १ सय ३२ स्थानमा २१ घण्टा मापसे जाँच गरिएको छ ।

मापसेको चेकजाँच गर्दा दैनिक २ सय ५० देखि ३ सयसम्म मानिसहरूले मदिरा सेवन गरेर सवारीसाधन चलाएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरी महाशाखाको तथ्याङक अनुसार, दशैँमा करीब ९० प्रतिशत सवारी दुर्घटना चालककै लापरवाहीका कारण हुने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here