स्रोत नखुल्ने कर्जा प्रवाहमा कडाइ, मूल्यको ४० प्रतिशतसम्म मात्र कर्जा

काठमाडौं २८, असोज । स्रोत नखुलेको कर्जा प्रवाहमा राष्ट्र बैंकले कडाइ गरेको छ । जसअनुसार अब त्यस्ता प्रकृतिका कर्जामा पनि बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाह सीमा (लोन टु भ्यालु रेसियो) तोकिदिएको छ ।

‘घरजग्गा धितो राखी यस्तो कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फियर मार्केट भ्यालुबीचको अनुपात लोन टु भ्यालु रेसियो काठमाडौं उपत्यकाभित्र बढीमा ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नुपर्नेछ,’ निर्देशिकामा भनिएको छ ।

राष्ट्र बैंकले सञ्चालक, कार्यकारी प्रमुख तथा व्यवस्थापन तहको पदाधिकारी हुनुपूर्व लिएको कर्जाको हकमा भुक्तानी अवधि पनि तोकिदिएको छ ।

जसअनुसार ती व्यक्तिले लिएको कर्जाको हकमा भुक्तानी अवधि वा एक वर्षमध्ये जुन पहिले हुन्छ, उक्त अवधिभित्र नियमित गरिसक्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here