हर्षोल्लासका साथ दसैं मनाइदै, दिनभर टीका लगाउन मिल्ने

काठमार्डां २९, असोज । आज बडादसैं आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई देशभर हर्षउल्लासका साथ मनाइदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको थियो । तर, अत्यावश्यक परेकाले देवी विसर्जन गरेपछि जुनसुकै समयमा पनि टीका लगाउन मिल्ने समितिले जनाएको छ ।

समितिले दिएको साइतको समय प्रभावशाली भएकाले सक्नेले यही समयमा टीका लगाउने गरी तयारी गर्न समितिले आह्वान गरेको छ ।

विजयादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । लगाइदिने मानिस पश्चिम फर्कँदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन् । चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ ।

विजयादशमीका दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा आराधना गरेर देवी विसर्जन गरिन्छ । विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here