दसैंमा मात्र ५० अर्ब नयाँ नोट साटियो, तिहार र छठका लागि पनि बाँडिने

काठमाडौं २९, असोज । यस वर्षको दसैंमा मात्र करिब ५० अर्ब रुपैयाँ बराबर नयाँ नोट नेपाल राष्ट्र बैंकबाट सटही गरेका छन् । बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले गरी उक्त परिमाणमा नयाँ नोट सटही सुविधा लिएका हुन ।

सर्वसाधारणले ५ देखि एक सय रुपैयाँसम्मका करिब १३ अर्ब रुपैयाँ र बैंक तथा वित्तीय संस्थाले ५ सय र हजार दरका करिब ३७ अर्ब रुपैयाँ नयाँ नोट राष्ट्र बैंकले जनाएको छ ।

यो वर्ष राष्ट्र बैंकले सर्वसाधारणलाई प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण गरेको छ । यो ५ देखि १ सय रुपैयाँसम्मको एक÷एकवटा बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही दिएको छ ।

दसैंमा धेरै नयाँ नोट बाहिरिएपछि चलनचल्तिमा रहेको मुद्रा पनि बढेर ७ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ । गत भदौं अन्तिम साता चलनचल्तिमा रहेको मुद्रा करिब ६ खर्ब ७५ अर्ब रुपैयाँ रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here