बडादसैँलाई आपसी सद्भाव र भाइचाराको सम्बन्ध विस्तार गर्ने हिसाबले मनाउन प्रम देउवाको आग्रह

काठमाडौं २९, असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँलाई आपसी सद्भाव र भाइचाराको सम्बन्ध विस्तार गर्ने हिसाबले मनाउन अनुरोध गरेका छन् ।

बडादसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक एकताले भरपूर्ण नेपालमा दसैं लगायतका चाडपर्वले भावनात्मक एकतामा योगदान पु¥याउँदै आएको उल्लेख गरेका छन् ।

‘यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै सम्बन्ध सुमधुर बनाउने हामी सबैको कर्तव्य हो,’ शुभकामना सन्देशमा उनले भनेका छन् ।

दसैं, तिहार, छठ, नेपाल संवतलगायतका पर्वका आ–आफ्नै मूल्यमान्यता र विशेषता रहेको भन्दै प्रधानमन्त्री देउवाले सबै भाषा र जाति तथा संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु आफूहरुको दायित्व भएकोमा जोड दिएका छन् ।

कोरोना संक्रमण कायमै रहेकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर मनाउन उनको अनुरोध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here