कोरोनाबाट अतिप्रभावित क्षेत्र थपियो, यातायात र फिटनेस सेन्टर पनि सूचीमा

काठमाडौं ३०, असोज । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीबाट अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको प्रभावका आधारमा प्रभावित क्षेत्रहरूलाई थप गरिएको छ । लामो समयसम्म पनि बन्द भएका शैक्षिक संस्था, यातायात, फिटनेस सेन्टरलगायत क्षेत्र थप ५ वटा क्षेत्रलाई अतिप्रभावित सूचीमा थपिएको छ ।

थपिएका क्षेत्रहरुमा यसप्रकार छन् ।

१) नीजि तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर ।

२) यात्रुवाहक स्थल यातायात ।

३) ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप ।

४) कानूनी, लेखा, इन्जिनियरिंग लगायतका परामर्श सेवा वा व्यवसाय ।

५) हेल्थ सेन्टर वा फिट्नेस सेन्टर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here