नासा, त्रिशक्ति र सुमेरु सेक्युरिटीजलाई नेप्सेको स्पष्टीकरण, सात दिनभित्र जवाफ पठाउन निर्देशन

काठमाडौं ३१, असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन वटा सेयर ब्रोकर कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।

ती ब्रोकर कम्पनीले धितोपत्र बजार सदस्यता तथा कारोबार नियमावली २०५५, को व्यवस्था विपरित काम गरेको भन्दै नेप्सेले स्पष्टीकरण सोधेको हो । स्पष्टीकरणमा ब्रोकर कम्पनीहरुलाई सात कार्य दिनभित्र जवाफ पठाउन भनिएको छ ।

यसरी स्पष्टीकरण सोधिएका ब्रोकर कम्पनीहरुमा सुमेरु सेक्युरिटीज,त्रिशक्ति सेक्युरिटीज र नासा सेक्युरिटीज छन् ।

ती कम्पनीहरुलाई सदस्य दलालको कारोबार पूर्ण रुपमा नियमन नगरेको, झुठो विवरण पेश गरेको आरोपमा स्पष्टिकरण सोधिएको हो ।

नियमावलीमा गर्न नहुने भनिएका काम भएकाले विनियम ७(२) बमोजिम किन कारवाही नगर्ने भनेर स्पष्टीकरण सोधिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here