थप ५९१ जनामा कोरोना पुष्टी, ९ जना संक्रमितको निधन

काठमाडौं, १ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ५९१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय ५४ पीसीआर परीक्षण गर्दा ५२३ जना र २०४३ एन्टिजेन परीक्षण गर्दा ६८ जना गरी ५९१ जनामा कोरोना भाइरसको संक्रमण भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५ हजार ५६० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९३७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८२ हजार ३९३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ११ हजार ८७४ रहेको छ ।

पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार २ सय ९३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here