यती एयरलाइन्सलाई अन्तर्राष्ट्रिय चार्टर्ड उडानको अनुमति

काठमाडौं, ५ कात्तिक । आन्तरिक क्षेत्रको उडान गर्दै आएको यती एयरलाइन्सले अन्तर्राष्ट्रिय चार्टर्ड उडानको अनुमति (एनओसी) पाएको छ ।

बिहीबार नेपाल नागरिक उडड्यन प्राधिकरणबाट एओसी पाएको कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

एनओसी पाएलगत्तै एटिआर ७२ सिरीजको जहाजमार्फत भारत, म्यानमार, बंगलादेश, भुटान र श्रीलंका, थाइल्याण्ड लगायत दक्षिण एसियाका विभिन्न मुलुकमा चार्टर उडान गर्ने तयारी भएको बर्तौलाले बताए ।

अन्तर्राष्ट्रिय उडानका लागि हाम्रो आन्तरिक तयारी पूरा भएको छ, यो संगै हामी जुनसुकै समयमा यी राष्ट्रहरुमा उडान गर्न सक्षम छौँ उनले भने ।

उनले अन्तर्राष्ट्रिय चार्टर उडानको अनुमति पाएसँगै कम्पनीले सन् २०२२ भित्रै चारवटा एटीआर–७२ जहाज थप्ने योजना रहेको जानकारी दिए ।

यतिले एओसी पाएसँगै नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति लिने वायुसेवा कम्पनीको संख्या पाँच पुगेको छ ।

आन्तरिक उडान गर्दै आएका निजी वायुसेवा कम्पनीमध्ये बुद्ध एयरले कोभिड सुरु हुन अघिसम्म काठमाडौं-बनारस नियमित उडान गर्दै आएको थियो ।

श्री एयरलाइन्सले चार्टर र कार्गोका लागि अन्तर्राष्ट्रिय उडान इजाजत पाइसकेको छ।

नेपालमा रहेका चिनियाँ र नेपाली लगानीको हिमालय र सरकारी कम्पनी नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here