५० लाख डलर टाउकोको मूल्य तोकिएका कुख्यात लागू औषध तस्कर पक्राउ

काठमाडौं । ५० लाख डलर टाउकोको मूल्य तोकिएका कुख्यात लागू औषध तस्कर पक्राउ परेका छन् ।

कोलम्बियाको सबैभन्दा र सबैभन्दा ठूलो आपराधिक समूहका प्रमुख ओटोनियल भनिने डेरो एन्टोनियो उसुगालाई शनिवार सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा गिरफ्तार गरिएको हो।​

ओटोनियल पानामाको सिमाना नजिकै उत्तर–पश्चिमी कोलम्बियाको ग्रामीण स्थानमा पक्राउ परेको हुन्। अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर तोकेको थियो।

कोलम्बियाका राष्ट्रपति इभान ड्यूकले एक टेलिभिजन सन्देशमा ओटोनियलको गिरफ्तारीबारे बोल्दै भने, ‘हाम्रो देशमा यो शताब्दीमा लागुऔषध तस्करीविरुद्ध यो सबैभन्दा ठूलो सफलता हो।’

५० वर्षीय ओटोनियललाई पक्राउ गर्नका लागि हजारौँ प्रहरी संलग्न अभियानहरू भए पनि ती सफल भएका थिएनन्। दश वर्षअघि उनको दाइ नयाँ वर्षको उत्सव मनाइरहेका बेला प्रहरीबाट मारिएपछि ओटोनियल गल्फ क्लान नामक समूहको प्रमुख बनेका थिए।

कोलम्बियाका सुरक्षा निकायले सो गिरोहलाई देशको सबैभन्दा शक्तिशाली आपराधिक सङ्गठन बताएको थियो भने अमेरिकी निकायले यसलाई सशस्त्र रे अत्यन्त हिंसात्मक समूहको रूपमा हेरेका थिए।

सन् २००९ मा अमेरिकामा उनीलाई आपराधिक क्रियाकलापका लागि मुद्दा दर्ता गरिएकाले उनलाई सुपुर्दगी गर्ने प्रक्रिया चलेर अन्ततः न्यूयोर्कको अदालतमा उपस्थित गराइन सकिने बताइन्छ। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here