थप ५५७ जनामा कोरोना पुष्टी, ३ जना संक्रमितको निधन

काठमाडौं, ७ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ५५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ५५२ जना र ५६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी ५५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९ हजार ५६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८७७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८७ हजार ५०७ पुगेको छ । संक्रिय संक्रमितको संख्या १० हजार २०१ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here