यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११९ रुपैयाँ ५३ पैसा

काठमाडौं, ८ कात्तिक । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिदद ११९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२० रुपैयाँ १३ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९४ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रीदर ३९८ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ३० पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १७ रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १८ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here