नेपाल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं, ८ कात्तिक । नेपाल बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र करसहित ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले घोषणा गरेको लाभांश अघिल्लो आर्थिक वर्ष २०७६/७७को भन्दा १ प्रतिशत बढी हो । बैंकले सो आवमा १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगदा गरी कुल १६ प्रतिशत लाभांश दिएको थियो ।लाभांश प्रस्ताव गरेको हो ।

लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

हाल १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी बोनस शेयर वितरणपश्चात १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१ रुपैयाँ पुग्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here