निर्जीवन बीमा कम्पनीले आर्जन गरे ९ अर्ब ६९ करोड बीमा शुल्क, कुन कम्पनीको कति ?

काठमाडौं, ८ कात्तिक । निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय वृद्धि गरेका छन् ।

बीमा समितिको तथ्यांक अनुसार चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा (असोज मसान्त) २० निर्जीवन बीमा कम्पनीले ९ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्

यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २७.८८ प्रतिशतले धेरै हो । यस अवधिमा २० वटा निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी २९ अर्ब ९२ करोड रुपैयाँ रहेको बीमा समितिको तथ्यांक छ ।

तथ्यांक अनुसार भदौ महिनामा २० निर्जीवन बीमा कम्पनीमध्ये धेरै शिखर इन्स्योरेन्सले सबैभन्दा बीमाशुल्क आर्जन गरेको छ ।

शिखरले १ अर्ब ३२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । दोस्रोमा सगरमाथा इन्स्योरेन्सले ९० करोड ६७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

सबैभन्दा कम जनरल इन्स्योरेन्सले २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ ।

ओरियण्टल इन्योरेन्सले ३६ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ३४ करोड रुपैयाँ, यूनाईटेड इन्स्योरेन्सले ४४ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले २९करोड रुपैयाँ रहेको छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ६९ करोड ९५ रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

बीमा समितिका अनुसार एनएलजी इन्स्योरेन्स कम्पनीले ६७ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ६१ करोड रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले ९ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले ३७ करोड रुपैयाँ आर्जन गरेको छ ।

हिमालयन जनरल इन्स्योरेन्सले ४२ करोड, प्रुडेन्सियल इन्स्योरेन्सले ३१ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले ३६ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले ४१ करोड रुपैयाँ र नेपाल इन्स्योरेन्सले ३४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here