एनआईसी एशिया बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं, ८ कात्तिक । एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.७८ प्रतिशत नगद लाभांश गरि कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

हाल बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ छ । बोनस वितरणपछि बैंकको चुक्त्ता पूँजी १३ अर्ब २९ करोड ८६ लाख रूपैयाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here