एसबीआईका अन्तर्राष्ट्रिय बैंकिङ मुख्य महाप्रवन्धक अरोरा बने नेपाल एसबीआईको अध्यक्ष

काठमाडौं, ८ कात्तिक । स्टेट बैंक अफ इण्डियाका अन्तर्राष्ट्रिय बैंकिङ मुख्य महाप्रवन्धक राजीव अरोरा नेपाल एसबीआई बैंकको अध्यक्ष चयन भएका छन् । नेपाल एसबीआईको आइतबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सर्वसम्मतिले अध्यष चयन गरेको हो ।

हालसम्म उनी स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गर्दै बैंकमा सञ्चालक रहेका थिए ।

उनी एसबीआईको मुम्बईस्थित प्रधान कार्यालयमा अन्तरराष्ट्रिय बैंकिङ समूहमा मुख्य प्रवन्धक छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमबार नै पद तथा गोपनीयताको शपथ गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here